काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेश यस वर्ष पहिलो बनेको छ ।
सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अंक पाएको छ । आर्थिक वर्ष २०७९-०८० को मूल्यांकनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो ।
अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश यस पटक दोस्रो भएको छ । उसले ५०.९ अंक प्राप्त गरेको छ । यस्तै, ४५.६ अंक पाएको बागमती तेस्रो, ४१.६ अंक पाएको कर्णाली चौथो, ४०.८ अंक पाएको गण्डकी पाँचौँ, ३५.९ अंक पाएको लुम्बिनी छैटौँ र ३० अंक पाएको मधेश पुछारमा छ ।
विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व संकलनको लक्ष्य र प्रगति लगायतका सूचकहरूमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ ।