२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुमनालाई शिक्षामन्त्रीले भनिन्-‘विश्वविद्यालयले कुलपति खोज्दा काममा ढिला हुने रहेछ’

अ+ अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयले सहकुलपति (शिक्षा मन्त्री)भन्दा कुलपति खोज्दा काममा ढिला हुने गरेको टिप्पणी गरेकी छिन् ।

बुधबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिविको जग्गाको विषयमा प्रश्न गरेपछि मन्त्री भट्टराईले आफू विश्वविद्यालयबाट आएकोले संवेदनशील रहेको जवाफ दिएकी छिन् ।

‘विश्वविद्यालयको विषयमा संवेदनशील छु। किनकि म विश्वविद्यालयबाट आएको व्यक्ति हुँ। त्यहाँको सम्पत्ति संरक्षण गर्न मेरो ध्यान नपुगेको होइन । छिटो भइदिए हुन्थ्यो भन्ने छ । तर केही काम गर्नुपर्ने छ,’ उनले भनिन्, ‘कतिपय कुलपतिको दायित्वभित्र पर्ने विषय हुन्छ। विश्वविद्यालयले पनि सहकुलपति (शिक्षा मन्त्री) भन्दा कुलपतिसँग बढी काम गर्न खोज्ने कारण केही ढिला हुने रहेछ, यो मेरो अनुभव हो।’

मन्त्री भट्टराईले पहिलेभन्दा अचेल विश्वविद्यालयहरूसँग सहकार्य गरेर काम गर्ने गरेको बताइन् । ‘उच्च शिक्षामा पहिले धेरै काम भएका देखिन । माननीयज्यू (सूमना) आएपछि जग्गाको कुरा, राजनीति हुनु हुँदैन भन्ने कुरा आयो,’ मन्त्री भट्टराईले भनिन्, ‘सहकार्य हुनुपर्थ्यो त्यो प्राक्टिस अभाव नै थियो । म आएपछि विश्वविद्यालयहरूसँग सहकार्य र समन्वय गर्ने प्रयत्न गरेका छौँ ।’

मन्त्री भट्टराईले त्रिविको जग्गा खोजबिन समितिले प्रतिवेदन बुझाए पनि थप काम गर्न आवश्यक रहेको जवाफ समितिमा दिइन्। ‘जग्गा खोजबिन समितिका सदस्यले अझै धेरै खोजी गर्नुपर्ने र खोज्न समय थपको राय राख्नु भएको थियो । प्रधानमन्त्रीले शिक्षा मन्त्रालय, त्रिवि बसेर थप गर्ने व्यक्त गर्नुभयो। प्रतिवेदन सार्वजनिक नगर्ने भनेको होइन । विश्वविद्यालयलाई राय के हो भनेर पठाएका छौँ । विश्वविद्यालयसँग बस्छौँ । टुंगोमा पुर्‍याउँछौँ । ढिला भयो होला तर सार्वजनिक नगर्ने भनेको छैन ।’

संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले पनि प्रतिवेदन मन्त्रालयलाई बुझाएको तर प्रधानमन्त्रीलाई बुझाउन बाँकी रहेको मन्त्री भट्टराईले बताइन् ।

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटका विषयमा सभाले गरेको निर्णयको आधारमा स्नातकोत्तर उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने निर्णय भएकाले सोही अनुसार भएको जवाफ मन्त्री भट्टराईले दिइन् ।

नेपाल ल क्याम्पस, अस्कलका विद्यार्थीले प्रहरीलाई कुटेको घटनाका विषयमा शिक्षा मन्त्रालयसहित अन्य मन्त्रालयसँग पनि जोडिएको विषय भएकाले शिक्षा मन्त्रालयले गर्नुपर्ने सहजीकरण गरिरहेको मन्त्री भट्टराईले बताइन् ।

प्रतिक्रिया दिनुहोस