२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जाल विधेयक संशोधन नभए आन्दोलन गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ। सामाजिक सञ्जाल सम्बन्धी विधेयक व्यापक संशोधन गर्नुपर्ने माग गर्दै नभए देशव्यापी आन्दोलन उठ्ने सरोकारवालाले चेतावनी दिएका छन् ।

रुपन्देहीमा क्रियाशील नागरिक समाज, राजनीतिक दल र सामाजिक संघ-संस्थाका प्रतिनिधिले संसद बैठक छलेर अध्यादेशबाट ल्याइएकाले प्रक्रिया र सरकारको नियतमाथि आशंका गर्दै सरोकारवालाबीच व्यापक छलफलको माग गरेका छन् ।

अध्यादेशमार्फत सरकारले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक र प्रेस स्वतन्त्रताको मर्मविपरीत लाखौँ जरिवाना र जेल सजायसम्मका नियन्त्रणमुखी कानून बनाएर सत्ताको दुरुपयोग गर्न सक्ने खतरा रहेको मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले बताए ।

समाजले विधेयक संशोधनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको जानकारी गराउँदै माग सम्बोधन नभए समाजको नेतृत्वमा देशव्यापी विरोध र शान्तिपूर्ण आन्दोलन हुने बताए ।

‘सामाजिक सञ्जाल को आवश्यकता, महत्त्व र उपयोगिता बढ्दै गएको सन्दर्भमा अन्तर्राष्ट्रिय मानवअधिकार प्रतिकूलको कानून स्वीकार्य छैन’-खनालले भने-‘देशभरका युवा पुस्ता र सचेत नागरिकले यसलाई स्वीकार गर्ने अवस्था छैन, सरकारले बेलैमा जनभावना बुझेर उनीहरूसँग छलफल गरेर मात्र अघि बढाउनुपर्छ, अन्यथा आन्दोलन उठ्छ ।’

नेकपा एमालेका युवा नेता देवराज पोखरेलले मुख्य दुई ठूला दलको गठबन्धन सरकारका काम कारवाहीबाट नागरिक असन्तुष्ट रहेका र जनस्तरमा आक्रोश बढेकाले त्यसबाट जोगिन अध्यादेश ल्याइएकाले यसको प्रक्रिया र नियत नै गलत भएको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियारले सामाजिक सञ्जालसम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने बताए । विधेयकका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने खालका भएकोले स्वीकार्य नहुने नेपाल पत्रकार महासंघले यसअघि नै स्पष्ट पारेको उनले बताए ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघको गम्भीर असहमति र आपत्ति छ’-परियारले भने, ‘महासंघलगायत सरोकारवाला पक्षसँग गहन छलफल गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन सकिन्छ,अन्यथा महासंघ पनि आन्दोलनमा उत्रिन्छ ।’

प्रतिक्रिया दिनुहोस