२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ? भन्दै प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसद्मा उठाएका छन् ।

‘आजकल टिकटकहरूसँग अलिकति व्यस्त हुनुहुन्छ । यही व्यस्तताले एउटा काम बिर्सनु भएको छ । म सम्झाउन चाहन्छु– नयाँ सरकार बनेको महिनौँ भइसक्यो तर, मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन,’ उनले भने ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न भनेका हुन् । ‘पारदर्शिता र जबाफदेहिताको नारा घन्काउनेहरू किन मौन छन ?’ उनको प्रश्न छ, ‘सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण कहिले सार्वजनिक गर्ने सोच राखेको छ ?’

मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने उनको आशंका छ । ‘मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारका फाइल खुल्ने आशा के गर्नु ?’ उनको प्रश्न छ ।

तत्काल मन्त्रीहरूको विवरण सार्वजनिक गर्न उनको माग छ । ‘सरकारले सुशासनको देखावटी नाटक बन्द गरोस्, मन्त्रीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गरोस्,’ उनको माग छ ।

सांसद शाहले भ्रष्टाचारका साना र ठूला सबै प्रकरणको अनुसन्धान गर्ने गरी छुट्टै आयोग बनाउन सरकारसँग माग गरे ।