५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रेड युनियन: परिभाषा, भूमिका, अधिकार र निजामती सेवामा यसको आवश्यकता

अ+ अ-

परिचय
श्रमिकहरूले आफ्नो हक अधिकार, सेवा सुविधा र सबै प्रकारको (आफ्नो, कार्यस्थल वा कार्य वातावरणको, सेवा सुविधाको, अधिकारको) सुरक्षाको लागि सामेल हुने वा स्थापना गर्ने संगठन वा समूह ट्रेड युनियन हो।ट्रेड युनियन अधिकारमा ट्रेड युनियनमा सामेल हुने अधिकार, प्रतिनिधित्व गर्ने अधिकार, कानुनी संरक्षण, स्रोत तथा निर्णयमा पहुँच, र भेदभावबाट सुरक्षित हुने अधिकार र रोजगारदाता वा प्रशासन सँग सामूहिक सौदाबाजी गर्ने अधिकार पर्दछ।

ट्रेड युनियनका प्रकार र भिन्नता

ब्लु कलर श्रमिक ट्रेड युनियन
यसमा शारीरिक श्रम गर्ने श्रमिकहरूको ट्रेड युनियन पर्दछ। यसको सामूहिक सौदाबाजीका मुख्य साझेदार श्रमिक र मालिक पर्दछन् भने सहायक पक्ष सरकार समेत रहन सक्छ। यस प्रकारको ट्रेड युनियन उत्पादनमुलक क्षेत्रमा रहन्छ।

व्हाइट कलर श्रमिक ट्रेड युनियन
यसमा शारीरिक तथा मानसिक श्रम गर्ने श्रमिकहरूको ट्रेड युनियन पर्दछ। यसको सामूहिक सौदाबाजीका मुख्य साझेदारहरू निम्न स्तरका कर्मचारी, उच्च पदस्थ कर्मचारी र सरकार तथा प्राधिकार प्राप्त व्यक्ती/संस्था पर्दछन् भने सहायक पक्षका रूपमा सेवाग्राही तथा जनता समेत सामेल रहन सक्छ। यस प्रकारको ट्रेड युनियन सेवामूलक क्षेत्रमा रहन्छ।

ट्रेड युनियनका कार्यहरू
आफ्नो हक अधिकार, सेवा सुविधा र सबै प्रकारको (आफ्नो, कार्यस्थल वा कार्य वातावरणको, सेवा सुविधाको, अधिकारको) सुरक्षाको लागि निम्न कार्य गर्दछन्।

·         आन्दोलन, संघर्ष गरी दबाब दिने।

·         अधिकार तथा साँगठानिक विकासको लागि अभियान सञ्चालन गर्ने।

·         छलफल, वार्ता, सम्झौता तथा मध्यस्थता गर्ने।

·         कानुनी र वित्तीय सल्लाह सुझाव दिई समर्थन प्रदान गर्ने।

·         कार्यस्थल, सेवा तथा सुविधा लगायतका परिवर्तनहरू बारे छलफल गर्ने तथा सुझाव दिने।

·         काम गर्ने घण्टा र लाभहरू सहित काम गर्ने वातावरणको गुणस्तर सुधार गर्ने ।

ट्रेड युनियनमा सामेल वा छनौट गर्नको लागि ध्यान दिनपर्ने कुराहरू:
आफ्नो अधिकार, सेवाको सुरक्षा र सामाजिक सुरक्षा सुधार तथा संरक्षण गर्न, कार्यस्थलमा तपाईँको चासोहरूको रक्षा गर्न र अगाडि बढाउन मद्दत गर्न र आफ्नो नेतृत्व विकास गर्न ट्रेड युनियनमा सामेल हुन पर्दछ। आफ्नो अधिकारको प्राप्ति र संरक्षणको लागि बहु ट्रेड युनियनको अभ्यास भएको भए ट्रेड युनियनको प्रकृति, क्षेत्र, रणनीति, राजनैतिक वा दार्शनिक आस्था हेरि बुझी आफ्नो छनौटको आधारमा कुनै न कुनै ट्रेड युनियनमा सामेल हुन पर्दछ।

ट्रेड युनियनहरूको अधिकार
·         कार्यस्थलमा श्रमिकहरूलाई संगठित र प्रतिनिधित्व गर्ने संगठनात्मक अधिकार

·         ट्रेड युनियनहरूलाई रोजगारदाता वा प्रशासनहरूबाट सान्दर्भिक जानकारी प्राप्त गर्ने सूचनाको अधिकार

·         ट्रेड युनियन नेतृत्वको लागि उचित बिदा वा काजका साथ ट्रेड युनियन गतिविधि गर्ने अधिकार

·         सामूहिक सौदाबाजी, वार्ता तथा अभियानको लागि आफ्ना संगठकको प्रतिनिधित्व गर्ने र निर्णय लिने राजनैतिक अधिकार

·         कार्य समय भन्दा बाहिर संगठन सञ्चालन गर्न र अन्य कर्मचारी राखी संगठन कार्यालय सञ्चालन गर्ने प्रशासनिक अधिकार

निजामती तथा सरकारी सेवामा ट्रेड युनियनको आवश्यकता
कर्मचारीतन्त्र शक्ति तथा प्राधिकारको पछि रहन्छ। नीति निर्माण गर्ने कर्मचारी तथा व्यवस्थापक सत्ता र शक्ति सँग रहन्छ र उनीहरूको चाखको आधारमा नीति निर्माण गर्ने वा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने गर्छन्। उच्च प्रशासकहरू न्यून संख्यामा भएको कारण प्राधिकार प्रयोग कर्ता वा व्यवस्थापकले उच्च प्रशासकहरूको मात्र माग वा कुरा सुनुवाइ गर्न सहज र सबै प्रकारको मितव्ययी हुने भएकाले त्यता तिर लाग्दछन्। यसो हुँदा दुवै मिलेर साना तथा निम्न धेरै कर्मचारी श्रमिकलाई पेल्ने वा सेवा सुविधामा अवरोध गर्ने गर्छन्। अनि अर्कोतिर नागरिक वा जनतालाई सेवा प्रवाह गर्ने एकाइमा निम्न र साना ओहोदाको कर्मचारी हुन्छन् अर्थात् राज्यको सहज वा जटिल नीति, विकास वा निर्णय कार्यान्वयनमा तिनै निम्न तर अधिक कर्मचारीहरू सामेल हुन्छन्। सहज कार्यको जस व्यवस्थापक वा शक्ति सम्पन्न प्राधिकारले लिने र जटिलताको अपजस अग्र भागमा रहने निम्न कर्मचारी माथि थोपर्ने प्रवृत्ति हुन्छ। यसो हुँदा जनताबाट समेत अग्र भागमा रहने निम्न कर्मचारीको सुरक्षामा चुनौती रहन्छ। यस्ता समस्याको हल एक बाट मात्र सम्भव हुन्न अनि अर्काको समस्या को आवाज कसैले उठाइ दिँदैन। तसर्थ सामूहिक हितका आधार निर्माण गरी सामूहिक रूपमा अभियानमा सरिक हुनको लागी श्वेत श्रमिक अर्थात् निजामती वा सरकारी सेवामा रहेका कर्मचारीहरूको लागि ट्रेड युनियन आवश्यक छ।

अन्त्यमा जनता, श्रमिक वा कर्मचारी र सरकारको सम्बन्ध सहज स्थापना गरी शासन, विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन राज्यको तर्फबाट सेवा प्रदान गर्ने कर्मचारीको हकहितमा कुनै नकारात्मक टिप्पणी नगरी पाएको अधिकार कटौती भन्दा अझ थप गरी सकेसम्म बल पुर्‍याउन पर्छ। यद्यपि, यसका लागि संस्थागत र कानुनी संरचना पारदर्शी र न्यायसंगत हुन आवश्यक छ।

सम्बन्धित : आइ.एल.ओ. अभिसन्धि र नेपाल

सम्बन्धित : आइ. एल. ओ. अभिसन्धि र  ट्रेड युनियन अधिकार

(लेखक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लेखा अधिकृत पदमा कार्यरत छन् । साथै उनी त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा विध्यावारिधीमा शोधरत छन् । )

प्रतिक्रिया दिनुहोस