२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. बाबुराम भट्टराइद्वारा महाधिवेशनमा ३२ पृष्ठ लामो वैकल्पिक राजनीतिको रोडम्याप प्रस्तुत

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले काठमाडौँमा सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा वैकल्पिक राजनीतिकको रोडम्याप प्रस्तुत गरेका छन् ।

डा. भट्टराईले प्रस्तुत गरेको ‘नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा आइतबार काठमाडौंमा सुरु भएको महाधिवेशनमा छलफल सुरु भएको छ ।

५ खण्डमा विभाजित दस्ताबेजमा नयाँ युगका नयाँ चुनौती र सम्भावना, नयाँ युगमा नेपालको अवस्था, नेपालमा वैकल्पिक राजनीतिका प्रमुख कार्यभार, वैकल्पिक पार्टीको संगठनात्मक सिद्धान्त, संरचना र आधारहरू, र पार्टीको तत्कालीन कार्य योजना उल्लेख छ ।

३२ पृष्ठ लामो दस्ताबेजको अन्तिम पृष्ठमा संयोजक भट्टराईले कार्यगत एकता र संयुक्त मोर्चाको प्रस्ताव अघि सारेका छन् ।

‘युगीन कार्यभार पूरा गर्ने वैकल्पिक राजनीतिक शक्तिको निर्माण एकै चोटि बनिबनाउ रूपमा वा रातारात हुँदैन । साथै वैकल्पिक शक्तिहरू विभिन्न रूपमा उदय हुन पनि सक्छन्’ उनले भनेका छन्, ‘लामो समयको निर्माण र विनिर्माण, संघर्ष र ध्रुवीकरणको चरण पार गरेर मात्र भरपर्दो र दिगो वैकल्पिक राजनीतिक शक्ति निर्माण हुन सक्छ ।’

उनले नेसपा ९नयाँ शक्तिले० कुनै अहंकार र एकलकाँटे प्रवृत्ति नबोक्ने तर आधारभूत मूल्यमान्यता र विचारमा दृढ भएर वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्ने पहल गर्ने उल्लेख गरेका छन् ।

‘पुराना पतनशील र भ्रष्ट शक्तिहरूका विकल्पमा उदय भइरहेका विभिन्न नयाँ शक्ति र व्यक्तिहरूसँग संवाद, सहकार्य, कार्यगत एकता, संयुक्त मोर्चा गर्दै अन्ततः बृहत् वैकल्पिक शक्तिहरूको ध्रुवीकरणका निम्ति प्रयत्न तथा अगुवाइ गर्नुपर्छ,’ उनको प्रस्ताव छ ।

संकीर्णता, दलीय आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर नयाँ र वैकल्पिक पार्टी समूह एवं व्यक्तिहरूसँग संवाद र सहकार्यको व्यवस्थित पहल पार्टीको संवाद समितिले अघि बढाउने प्रस्ताव उनले दस्ताबेजमा गरेका छन् ।

भट्टराईले वैकल्पिक राजनीतिलाई यो युगको अपरिहार्य आवश्यकताका रूपमा उल्लेख गर्दै लेखेका छन्, ‘हामी आकस्मिकताले त्यसका वाहक हौँ । हामीले वैकल्पिक राजनीतिक शक्ति निर्माण नगरे वा गर्न नसके युगले अर्को पात्र जन्माउनेछ । तर संसार र नेपालको यो ऐतिहासिक घडीमा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको विकल्प छैन ।’