१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सय ४० जना युवालाई स्वरोजगार बनाउँदै शुक्लाफाँटा

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले एक सय ४० जना युवालाई स्वरोजगार बनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्थानीय तहमार्फत सञ्चालित लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत युवालाई व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने कार्य नगरपालिकाले अगाडि बढाएको छ । 

युवायुवतीलाई निःशुल्क रूपमा तालिम दिनका लागि आवेदन सङ्कलनको कार्य अगाडि बढाइएको कार्यक्रमका सहजकर्ता धनबहादुर चौधरीले बताए । “आवेदन सङ्कलनपश्चात् व्यवसाय सञ्चालन तथा लघु उद्यम सञ्चालन गर्न इच्छुकलाई पहिलो प्राथमिकतामा राखेर छनोट गछौँ”, उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ स्वरोजगार हुन चाहने युवाका लागि तालिम सञ्चालन भइरहेको छ ।”

 उनका अनुसार १५ दिने दुनाटपरी तालिम, १५ दिने चटाई बुनाई, सात दिने ग्यास चुलो तथा प्रेसर कुकर मर्मत, दुई महिने मोटरसाइकल मर्मत, दुई महिने फर्निचरसम्बन्धी तालिम सञ्चालन भइरहेका छन् ।

 यसैगरी महिलालाई लक्षित गरी सात दिने फुट मसाज र एक महिने अटो ड्राइभिङ तालिम पनि सञ्चालन गरिने छन् । प्रत्येक तालिममा २० जनाका दरले सहभागी गराइने छ । अठार वर्षमाथिका युवालाई तालिममा समावेश गरिने उनले जानकारी दिए । 

दैनिक छ घण्टाका दरले तालिम दिने व्यवस्था गरिएको छ । “व्यावसायिक तालिम नहुँदा युवाले अदक्ष कामदारका रूपमा काम गर्दा थोरै मात्रै ज्याला पाउने गरेका छन्”, नगर प्रमुख रणबहादुर महराले भने, “तालिम लिएर दक्ष भएपछि युवाको ज्याला बढी पाउँछन्, आफ्नै व्यवसाय गरेर स्वरोजगार बन्छन् ।”

विशेष गरी युवाले स्वदेशमै कार्य गरी आयआर्जन गरून् भन्ने ध्येयले तालिम सञ्चालन गरिन लागेको जानकारी दिर्दै उनले तालिम लिएका युवालाई आवश्यक औजारको व्यवस्थासँगै व्यवसाय सञ्चालन गर्नका लागि पुँजीको व्यवस्था गर्न वित्तीय संस्थाहरूसँग समन्वय गराउने कार्य पनि गरिने बताए ।

 तालिम लिएर लघु उद्यम गर्नेहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने उनले उल्लेख गरे । युवालाई विदेश जानबाट रोकेर स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने कार्यमा तालिमले सहयोग गर्ने अपेक्षा गरिएको नगर प्रमुख महराको भर्ना रहेको छ ।

प्रतिक्रिया दिनुहोस