२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्को चालु अधिवेशनबाट संघीय निजामती ऐन कार्यान्वयनमा आउँछ : मन्त्री गुप्ता

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु संसद् अधिवेशनबाट पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आउने बताएका छन् । 

आज यहाँ आयोजित नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको १२औँं जिल्ला अधिवेशनमा मन्त्री गुप्ताले यही अधिवेशनबाट उक्त ऐन जारी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे । 

“चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी हुनेछ”, मन्त्रीले भने, “ट्रेड युनियनको अधिकारसहित समयसापेक्ष रूपमा कर्मचारीको पक्षमा ऐन कार्यान्वयनमा आउने छ ।” उनले आफ्नो कार्यकालमा संघीय निजामती सेवासम्बन्धी विधेयक स्वीकृत भएर कानुनी रूप लिने दाबी गरे । 

“उक्त विधेयकमा परेका एक हजार पाँच सय ८३ संशोधनका प्रस्तावबाट स्वीकृत भएर विभिन्न निजामती कर्मचारीका संघसङ्गठन, ट्रेड युनियन र लोकसेवा आयोगलगायत सरोकार भएका निकायसँग छलफल गरी अन्तिम चरणमा पुगेको छ”, मन्त्री गुप्ताले भने, “प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयकको दफाबार छलफल गरिरहेको छ । समितिको पहिलो बैठकबाट विधेयकको तीन वटा दफा सर्वसहमत रूपमा स्वीकृत पनि गरिसकेका छौँ ।”

मन्त्री गुप्ताले संघीय निजामती सेवा ऐनमा ट्रेड युनियनको अधिकारलाई पनि उच्च प्राथमिकतामा राख्न लागिएको जानकारी दिँदै राष्ट्रसेवक कर्मचारी स्थायी सरकार रहेकाले कर्मचारीको हकहित र सुरक्षाका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस