१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले इशरा र सरस्वती खड्काको हत्याका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

बैठकको शून्य समयमा सांसद मदनकुमारी शाह (गरिमा) ले यही माघ ११ गते अछामस्थित ढकारी गाउँपालिकाका इशरा खड्का र सरस्वती खड्काको हत्यामा संलग्न दोषीलाई राजनीतिक संरक्षण दिएर जोगाउन नहुने धारणा राख्दै दोषीलाई यथाशीघ्र कानुनी कारबाही गर्नुपर्ने माग गरिन् ।

उनले भनिन्, “गणतन्त्रमा महिला माथिका हिंसा निरन्तर बढ्दो क्रममा छन्, जुन दुःखदायी छ । यो सुशासनका लागि पनि चुनौतीपूर्ण छ, यही माग ११ गते अछामको ढकारी गाउँपालिकाका १४ वर्षीय इशरा र १५ सरस्वती खड्काको विभत्स हत्या भएको छ, दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।”

सांसद नारायणदत्त मिश्रले भने, “पहाडी क्षेत्रका गाउँपालिका र नगरपालिकामा सडक विस्तारका नाममा डोजरको प्रयोग गर्दा स्थानीय मजदुर समस्यामा पर्नुका साथै बाढी पहिरोको जोखिम पनि बढिरहेकाले पहाडी जिल्लामा बाटो पुर्‍याउन प्रयोग गरिने डोजर रोक्नुपर्छ ।”

सांसद नरबहादुर विष्टले दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूत अहिलेको अवस्थामा पनि भइरहेकाले यसको अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने बताए। “सर्लाहीस्थित बरथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम र सो नगरपालिका वडा नं १७ की नेहा रोनियारबीच अन्तरजातीय प्रेम विवाह भई जिल्ला अदालतमा दर्ता भएपछि सत्येन्द्रलाई अपहरण गरी लागुऔषधको मुद्दा लगाई प्रहरीले धरपकट गरेको छ । यो विषयमा सत्य तथ्य छानबिन गर्नुपर्छ । साथै निर्दोषमाथि हुने यस्ता कार्यप्रति निन्दा गर्न चाहन्छु”, उनले भने ।

सांसद भुवनबहादुर सुनारले प्रहरीले अन्तरजातीय विवाह गर्ने सत्येन्द्रकुमार रामलाई बिना कारण हिरासतमा राखेर कुटपिट गरेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस