काठमाडौँ । नेपाल काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् ।
बुधबार काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन् ।
काँग्रेस लुम्बिनीमा विगत ३ महिनादेखि सचेतक पद रिक्त रहेको थियो । काँग्रेस प्रमुख सचेतक जमुना ढकालले श्रेष्ठलाई सचेतकमा नियुक्त गरेको जानकारी दिइन् ।