१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सबल अर्थतन्त्रलाई आन्तरिक स्रोतको प्रभावकारी परिचालन आवश्यक’ : चन्द्रप्रसाद ढकाल

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड देशले परिचालन गर्ने राजस्व क्षमतामा निर्भर हुने बताएका छन् ।

उनले कुनै पनि मुलुकको सबल अर्थव्यवस्था निर्माणमा आन्तरिक स्रोतको दक्ष र प्रभावकारी परिचालनको महत्त्वपूर्ण भूमिका रहने बताए ।

राजस्व अनुसन्धान विभागको आयोजना तथा महासंघको समन्वयमा मंगलबार महासंघ सचिवालयमा आयोजित राजस्व चुहावट नियन्त्रण र भीसीटीएस सम्बन्धी अन्तर्क्रियामा अध्यक्ष ढकालले अपेक्षित राजस्व संकलन हुन उद्योग व्यवसायमैत्री वातावरण आवश्यक रहेको बताए ।

‘कतिपय अवस्थामा वैध व्यवसाय गर्ने पनि नियमनकारी निकायका अनुगमनका नाममा अनावश्यक झमेलामा पर्ने गरेको आवाज व्यवसायीबाट आउने गरेको छ,’ ढकालले भने, ‘यसले व्यवसायीको अतिरिक्त समय र आर्थिक भार बढ्न गई व्यवसाय महँगो हुने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने गरेको छ । यसतर्फ पनि विभागको समुचित ध्यान जाओस् ।’

उनले अर्थतन्त्र चलायमान भई बजारमा माग बढ्दा आर्थिक गतिविधि बढ्ने, उत्पादन तथा व्यवसायमा सुधार आउने र राजस्व संकलन पनि बढ्ने बताए ।

अध्यादेशबाट यस विभागको कार्यक्षेत्र भित्र पर्ने राजस्व चुहावट ऐन २०५२ का केही प्रावधान संशोधन भएको र संशोधनमा समेटिएका मूलतः मुद्दा दायर गर्ने बिगोको सीमा ५० लाखबाट ३ करोड बनाइएको, मुद्दा दायर हुनु अगाडि सम्बन्धित व्यक्तिले बिगो र सो बमोजिमको जरिबाना बुझाउन चाहे मुद्दा नचलाउने निर्णय गर्न सक्ने, मुद्दा दायरपछि पनि मिलापत्र र मुद्दा फिर्ता लिन सक्ने संशोधित प्रावधानले व्यावसायिक वातावरण निर्माण गर्न थप सहयोग पुग्ने उनको भनाइ छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले सरकार र निजी क्षेत्र दुवैको उद्देश्य वैध व्यापार प्रोत्साहन गरी अवैध र अनौपचारिक व्यापार नियन्त्रण गर्ने भएको बताए ।

उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै त्यो कार्य सम्भव रहेको बताए । विभागको उद्देश्य कसैलाई दुःख दिने नभई नियमन र सहजीकरण भएको उल्लेख गर्दै उनले विद्यमान नीति–नियमबारे व्यवसायीमा अन्योल भए सहजीकरण गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस