काठमाडौँ । पुरातत्त्व विभागले आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिबाट धार्मिक आस्था विपरीत देवीदेवताको फोटो, भिडियो पोस्ट नगर्न सूचित गरेको छ ।
विभागले एक सूचना जारी गर्दै धार्मिक सम्पदाहरूको मूल्य मान्यतामा गम्भीर असर पर्ने गरी टिकटक, सामाजिक सञ्जालमा देवीदेवताको तस्बिर एआई प्रविधि प्रयोग गरी धार्मिक आस्था माथि ठेस पुर्याउने खालका फोटो तथा भिडियो बनाएर पोस्ट नगर्न भनेको हो ।
धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्वका सम्पदाले सिंगारिएको देश भए पनि नेपालमा पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोग गरी विभिन्न माध्यमबाट उच्छृंखल काम भइरहेको प्रति विभागले ध्यानाकर्षण गराएको छ ।








