२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडीकेदार गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिकाले वडा नम्बर १ अन्तर्गत रहेका ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरी सम्मान गरेको छ । 

बुधवार वडा नम्बर १ को कार्यालय रिसेडीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।

सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष कलेलले चिसोको समयमा वृद्ध आमाबुवाहरूलाई न्यानो हुन राहत पुग्नुका साथै रातीको समयमा बाहिर भित्र गर्न सहजता होस भन्ने हेतुले वडा अन्तरगत रहेका ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरेको बताइन् ।

 पालिकाले ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचार लगायत यस्ता विभिन्न सम्मानका कार्यक्रमहरू समय समयमा सञ्चालन गर्दै आइरहेको समेत बताइन् । वडा अन्तरगत धेरै ज्येष्ठ नागरिकहरू रहेका भए पनि अरूलाई अन्य कार्यक्रममा समावेश गरिने समेत बताइन् ।  

पालिकाले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको कार्य प्रशंसायोग्य रहेको जिल्ला समन्वय समिति डोटीका सदस्य ठक्कर बोहराले बताए । आगामी दिनमा पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका थिए । 

ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु हामी सबैको दायित्व रहेको वडा नम्बर १ का वडा अध्यक्ष डबल बोहराले बताए । ज्येष्ठ नागरिकहरूलाई नेपाल सरकार र पालिकाले दिने गरेको विभिन्न सुविधाहरू आफै आफ्नो स्वास्थ्यको लागि प्रयोग गर्न आवश्यक रहेको समेत अध्यक्ष बोहराले बताए । 

पालिकाले वडा नम्बर १ बाट सुरुवात गरेको ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम क्रमशः पालिका अन्तरगतका सबै वडाहरूमा सञ्चालन गरिने जनाएको छ । वडा नम्बर १ मा १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, जिल्ला समन्वय समिति डोटीका सदस्य, वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय, पत्रकार लगायतको  सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस