२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-म सिंगो काँग्रेसको हुन चाहन्छु, कुनै गुटको होइन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशनको उम्मेदवारीबारे अहिले नै चर्चा गर्ने बेला भई नसकेको बताएका छन्।

२०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनबाट आफू महामन्त्री निर्वाचित भएको र जिम्मेवारीअनुसार कामहरू गर्दै १५ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनेसमेत जिम्मेवारीमा रहेको थापाको भनाइ छ।

‘म अहिले काँग्रेसको महामन्त्री छु, मेरो जिम्मेवारी भनेको १५ औँ महाधिवेशनसम्म पार्टीका सबै काम गरेर सफलतापूर्वक आउँदो महाधिवेशन गराउने हो,’ पोखरामा बुधबार पत्रकारहरूसँग थापाले भने, ‘त्यो जिम्मेवारीमा म केन्द्रित छु। अहिले नै १५ औँ महाधिवेशन लाग्ने बेला भएको छैन भन्ने ठान्छु। महाधिवेशनको उम्मेदवारीबारे चर्चा गर्ने समय आइसकेको छैन।’

काँग्रेस विधानअनुसार अबको १० महिनापछि महाधिवेशन गर्नुपर्ने हुन्छ। २०७८ मंसिरमा महाधिवेशन भएकोले चार वर्षपछि २०८२ मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने हो। तर काँग्रेसमा सभापतिलाई विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप गर्ने विधानले नै व्यवस्था गरिदिएकोले यसअघि पनि यो अधिकार सभापतिले प्रयोग गर्ने गरेका थिए।

महामन्त्री थापाले समयमै महाधिवेशन हुने बताइरहेका छन्। काँग्रेसले चैतभित्र क्रियाशील सदस्यता नवीकरण सक्न मातहत निकायलाई परिपत्रसमेत गरिसकेको छ।

फरक प्रसंगमा महामन्त्री थापाले आफू पार्टीभित्र कुनै गुटभन्दा पनि सिङ्गो पार्टीको हुन चाहेको बताएका छन्।

‘म नेपाली काँग्रेसमा कुनै गुट होइन, सिङ्गो काँग्रेसको हुन चाहन्छु, त्यसका निम्ति मेरो प्रयास छ, प्रयास रहन्छ,’ महामन्त्री थापाले भने।

महामन्त्री थापा काँग्रेसको १३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला प्यानल र १४ औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उम्मेदवार भएका थिए।

अर्को प्रसंगमा महामन्त्री थापाले सरकारमा पार्टीबाट गएका मन्त्रीहरूले अबको छ महिनाभित्र प्रभावकारी काम गरेर देखाउनुपर्ने बताए। तत्काल कुनै मन्त्री फेर्नेबारे छलफल नभएको महामन्त्री थापाको भनाइ छ।

‘सरकार बदलिन्न तर जसरी काम भइरहेको छ त्यसरी काम गरेर हुँदैन, गति बढाउनुपर्छ,’ महामन्त्री थापाले भने।

प्रतिक्रिया दिनुहोस