२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश

अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने सर्वोच्च अदालतले आदेश दिएको छ । झाको मुद्दामा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको हो ।

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । झाको हकमा माघ ३ मा पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतको आदेशबाट थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्म पुगेका थिए ।

झा पूरक अभियोग पत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए भने पहिलो अभियोगपत्र दायर गर्नुअघि भएको अनुसन्धानमा फरार थिए । पछि भारतबाट उनलाई पक्राउ गरेर ल्याएपछि सरकारले जिल्ला अदालत काठमाडौंमा पूरक अभियोगपत्र दर्ता गरेको थियो ।

उक्त अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगे पनि उच्चले जिल्लाकै सदर गरेपछि झाले माघ २ मा सर्वोच्च अदालत गुहारेका थिए ।

प्रतिक्रिया दिनुहोस