१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा डेढ लाख भन्दा बढी किशोरीलाई एचपिभी खोप दिइँदै

अ+ अ-

डोटी । भोली देखि सञ्चालन हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान अन्तरगत सुदूरपश्चिम प्रदेशमा  १ लाख ५१ हजार २ सय ९१ जना किशोरीहरूलाई खोप लगाइने भएको छ ।  

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै किशोरीहरूलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय दिपायलका जन स्वास्थ्य निरीक्षक एवं खोप कार्यक्रम संयोजक मीन राज जोशीले बताएका छन् ।

भोली देखि सञ्चालन हुने खोप अभियान अछाममा यही महिनाको २६ गते, कैलालीमा फागुन ४,दार्चुलामा यही २८, बैतडीमा फागुन १, डडेलधुरामा यही २७, डोटीमा यही २८, बाजुरामा यही २८, बझाङमा यही २६ र कञ्चनपुरमा यही महिनाको २९ गते सम्म सञ्चालन हुने कार्यक्रम रहेको जन स्वास्थ्य निरीक्षक एवं खोप संयोजक जोशीले बताए 

सुदूरपश्चिम प्रदेशको जिल्ला गत तथ्यांक हेर्दा अछाम जिल्लामा विद्यालय जाने किशोरी १३ हजार ६ सय ७३ र नजाने २ सय ४८ गरी १३ हजार ९ सय २१ जना, कैलाली जिल्लामा विद्यालय जाने किशोरी ४७ हजार ३ सय २६ र  नजाने ३ हजार २ सय ८७ गरी ५० हजार ६ सय १३ जना, दार्चुला जिल्लामा विद्यालय जाने किशोरी ७ हजार २ सय ६२ र नजाने २९ गरी ७ हजार २ सय ९१ जना, बैतडी जिल्लामा विद्यालय जाने किशोरी १३ हजार २ सय ६३ र  नजाने ३ सय १ गरी १३ हजार ५ सय ६४ जना, डडेलधुरा जिल्लामा विद्यालय जाने किशोरी ६ हजार ९ सय ६२ र  नजाने २४गरी ६ हजार ९ सय ८६ जना, डोटी जिल्लामा विद्यालय जाने किशोरी १० हजार ९ सय १ र  नजाने ५ सय ८६ गरी ११ हजार ४ सय ८७ जना, बाजुरा जिल्लामा विद्यालय जाने किशोरी ७ हजार ८ सय ६० र  नजाने ३४ गरी ७ हजार ८ सय ९४ जना, बझाङ जिल्लामा विद्यालय जाने किशोरी ११ हजार ८ सय ३५ र  नजाने २ सय  गरी १२ हजार ५ सय र कञ्चनपुर जिल्लामा विद्यालय जाने किशोरी २६ हजार ८ सय १२ र  नजाने ६ सय ८८ गरी २७ हजार ५ सय रहेको जन स्वास्थ्य निरीक्षक जोशीले बताए ।

खोप लगाउनका लागि प्रदेशभरका २ हजार १४ विद्यालय र ८ सय ३९ अन्य स्थान गरी जम्मा २ हजार ८ सय ५३ वटा खोप केन्द्र रहेको जनाइएको छ । अभियानका लागि प्रदेशभर २ हजार ८ सय ७ जना स्वास्थ्यकर्मी र ५ हजार ५ सय ९८ जना स्वयंसेवक परिचालन गरिने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस