२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार व्यवसायीको साधारण सभामा प्रधानमन्त्रीलाई निम्तो

अ+ अ-

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि फागुन २ गते ३० औँ र ३१ औँ साधारण सभा बोलाइएको छ । सोही साधारण सभाले नेतृत्व चयन गर्नेछ ।

संघको कार्य समितिले टंक राउतको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको र माघ २५ गतेभित्र मतदाताको अन्तिम सूची बुझाएपछि समितिले काम थाल्ने संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । त्यस्तै, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संघको साधारण सभामा प्रमुख अतिथिको आमन्त्रण गरिएको पनि भण्डारीले बताए ।

संघको नयाँ नेतृत्वका लागि दलीय प्रतिस्पर्धा हुने देखिएको छ । एमालेनिकट प्रगतिशील रोजगार व्यवसायी संघको तर्फबाट नरेश गेलाल अध्यक्ष उम्मेदवार बन्ने भएका छन् । महासचिव उम्मेदवार जनक रावलको नाम आएको छ ।

त्यस्तै काँग्रेसनिकट लोकतान्त्रिक समूहबाट अध्यक्षमा भुवन सिंह गुरुङ उम्मेदवार बन्ने भएका छन् । लोकतान्त्रिक समूहबाटै वर्तमान महासचिव मेघनाथ भुर्तेलले समेत अध्यक्षमा दाबी गरेका छन् ।

७५० भन्दा बढी मतदाता रहेको संघमा काँग्रेस पक्षको बाहुल्य रहेको छ । यसअघि काँग्रेसनिकटका २ उम्मेदवार भन्दा एमालेनिकटका राजेन्द्र भण्डारी अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी, नेकपा एसलाई समेत साथमा लिएर एमालेनिकट प्रगतिशील समूहले प्यानल बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस