२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्गद्वारी गुठी पीडित मोही किसानले थाले काठमाडौँ केन्द्रित आन्दोलन

अ+ अ-

काठमाडौं । दाङ देउखुरीबाट आएका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आजदेखि काठमाडौँको माइतीघरमा विभिन्न ३ बुँदे माग राख्दै प्रदर्शन गरेका हुन् ।

२०४५ सालदेखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि न्यायपूर्ण मागको सुनुवाइ नभएको भन्दै उनीहरू कृषि औजारसहित काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।

मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गर्न,विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्कासित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरिदिन उनीहरूको माग छ ।

किसानले जोतखन गर्दै आएको जग्गाको स्वामित्व माग गर्दा नदिएपछि बाध्य भएर राज्यको ध्यानाकर्षण गराउनको लागि काठमाडौं केन्द्रित आन्दोलन गरेको संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

गत वर्ष २०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमा आन्दोलन गरेको थियो । सरकारसँग दुई बुँदे सम्झौता भएको एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन नगरिएको उनीहरूको भनाइ छ । पटक पटक उच्च राजनीतिक शीर्ष नेतृत्व, प्रधानमन्त्री, भूमि व्यवस्था मन्त्री, सरकारका अन्यमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू र सांसद र सम्बन्धित सरोकारवालाहरू सबैलाई भेटेर गुनासो सुनाए पनि बाचा पूरा नभएको भन्दै उनीहरूले तीन बुँदे माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

स्वर्गद्वारी गुठीको मोही दाङ जिल्लामा १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिव १६ हजार जनसङ्ख्या बसोबास छ। कुल १ हजार ५० बिघा जमिन गुठीअन्तर्गत छ ।

किसानले खेतीपाती गर्दै बसोबाससमेत गर्दै आएको जग्गाको स्वामित्व भने स्वर्गद्वारी गुठीको नाममा रहेको छ । पीडितहरूसँग भएको मोहियानी पुर्जा २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको थियो ।

जग्गा जोतखन, स्याहार, संरक्षण र माया गर्ने किसानहरूले स्वामित्व नपाउँदा अन्यायमा परेको उनीहरूले गुनासो गरेका छन् ।