२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टीलाई सशक्त बनाउन नेता, कार्यकर्ता रूपान्तरण हुनुपर्छ’: हरिबोल गजुरेल

अ+ अ-

बनियानी (झापा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई सशक्त बनाउन नेता तथा कार्यकता रूपान्तरण हुनुपर्नेमा जोड दिएका छन् । 

माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको आज आयोजित पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई नयाँ तरिकाले अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै यसका लागि नेता तथा कार्यकर्ता रूपान्तरण हुनुपर्नेमा जोड दिए ।

“पार्टीलाई थप सशक्त र जनता केन्द्रित बनाउन सबै नेता-कार्यकताहरू तल्लो तहमा उत्रिएर वैचारिक रूपमा नागरिकलाई संगठित गर्नुपर्छ”, नेता गजुरेलले भने, “अब युवाहरू जाग्नु पर्ने समय आएको छ । मुलुकमा सकारात्मक परिवर्तन ल्याउनका लागि युवाको सक्रियता आवश्यक छ ।” पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटि भएको उनले उल्लेख गरे । 

“बिरुवा आधुनिक भए पनि परम्परागत रूपमा मलजल गर्दा प्रतिफल पाउन सकिँदैन”, नेता गजुरेलले भने, “हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नुपर्छ ।”

बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईँ, केन्द्रीय सदस्य इन्द्र आङ्बोलगायतले उत्पादन र रोजगारीका क्षेत्रमा पार्टीले काम गर्नुपर्ने बताएका थिए । 

फागुन ३ गतेदेखि हुलाकी राजमार्ग अभियान
नेकपा (माओवादी केन्द्र)को राष्ट्रव्यापी हुलाकी राजमार्ग केन्द्रित अभियान झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यक्रम अनुरूप देशव्यापी रूपमा कचनकवलबाट छ महिने अभियान सुरु हुन लागेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिए । 

हुलाकी राजमार्गबाट सुरु हुने अभियान महाकाली पुगेर पुनःमदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बूको सगरमाथा फेदीमा समापन हुने उनले बताए । हुलाकी राजमार्ग केन्द्रित अभियानका लागि आज पार्टीको पाँचौँ पूर्ण बैठकले कार्य विभाजन गरेको छ । पार्टी कार्यकर्ता परिचालनदेखि गाउँ, नगर अधिवेशन सम्पन्न गर्नेलगायत कार्य भइरहेको पार्टीले जनाएको छ ।

बैठकमा अभियानको महत्त्व र औचित्यमाथि प्रकाश पार्दै पार्टीका जिल्ला इन्चार्ज झलकसिंह दर्लामीले पार्टीलाई सशक्त बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको उल्लेख गरे । उक्त अभियानलाई सफल बनाउन एकीकृत र केन्द्रीकृत कार्ययोजना बनाइएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस