१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध नियन्त्रण लिन चार राउन्ड गोली प्रहार, एक जना घाइते

अ+ अ-

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ ।

 बिहीबार राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागुऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

लोनियाले बिक्रीवितरणका लागि लागुऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमान्डमा पाँच जनाको टोली उनको घरमा पुगेर नियन्त्रणमा लिन खोज्दा झडप भएको बोहराले बताए ।

प्रहरीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । अवस्था तनावपूर्ण बनेको र उनी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ साप्रामा एक राउन्ड गोली लाग्दा उनी घाइते भएको बोहराले बताए । उनको जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सो स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिएको सूचना अधिकारी बोहराले बताए । 

लागुऔषध किनबेचमा संलग्न रहेको अर्का एक जना व्यक्ति फरार भएका छन् । प्रहरीले ती व्यक्तिको पनि खोजिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस