२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीले भन्यो-सरकार व्यापारीका लागि लागिपर्‍यो, विरोधको तयारीमा छौँ

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा जाने तयारी थालिएको बताएको छ ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि उपमहासचिव रामकुमार भट्टराईले अध्यादेशका कारण अहिले महँगी बढेको निष्कर्ष निकालेको जानकारी गराए ।

‘महँगी बढाएर जनताको ढाड बाँच्ने काम भएको छ । मुट्ठीभरका व्यापारीका लागि सरकार लागिपरेको छ । यसको विरुद्धमा जाने तयारीमा हामी छौँ,’ उनले भने ।

साथै, अध्यादेशका विरुद्धमा कसरी जाने भन्ने छलफल पार्टीमा भइरहेको पनि उनले जानकारी गराए ।

‘अहिले अध्यादेशले हाम्रो नेपालमा भएको भ्रष्टाचार ऐनलाई तोडमोड गर्‍यो । २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन थियो । त्यो लागू नगर्ने भन्ने ऐन ल्याउनासाथ ५ सय रुपैयाँको सिमेन्ट अहिले ८ सय रुपैयाँ बोरा पुगेको छ । यो एउटा मात्रै उदाहरण हो,’ उनले भने ।

पार्टीमा संगठन निर्माण, जिल्ला र प्रदेशका अधिवेशन गर्ने लगायतका विषयमा पनि आजको बैठकमा छलफल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस