काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
मंगलबार आयोगले एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, इलाम कार्यालय, इलामको विज्ञापन नं १०६०२-१०६०७/०८०-८१ (खुला तथा समावेशी) संयुक्त तथा एकीकृत सेवा, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा:
यस्तै केन्द्रीय काठमाडौँ आयोगले पोखरा कार्यालयको विज्ञापन नम्बर १२८५८-१२८६३/०८०-८१ (खुला/समावेशी) खरिदार वा सो सरह पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा: