२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस सांसदहरुले भने-कुनै छलफल नगरी अध्यादेश ल्याइयो, हाम्रो सहमति छैन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसदहरुले सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । संसदीय दलको बैठकमा पार्टीका केही सांसदहरुले अध्यादेश समन्वयविना ल्याएको भन्दै कुरा उठाएको सांसद रामहरि खतिवडाले बताए ।

उनले भने, ‘केही साथीहरूले अध्यादेशको बारेमा हाम्रो सहमति छैन । यो ल्याउनुअघि किन छलफल गरिएन रु हामीसँग छलफल नै नगरी एकैचोटी आएपछि मात्रै थाहा हुन्छ । यो कुरा ठिक भएन भन्ने कुरा राख्नुभएको छ ।’

सांसदहरुले उठाएको प्रश्न मन्त्रीहरूले १८ गतेको बैठकमा जवाफ दिने सांसद खतिवडाले बताए ।

उनले थपे, ‘मन्त्रीहरूको कार्यदक्षता र क्षमता जनताको काममा लगाउनुस् । पार्टीले तपाईंहरुलाई पठाएको हो । मन्त्री पनि हुने काम नगर्ने पद्धति भयो भने पार्टी निराशामा जान्छ । दुई ठूला दल मिलेर बनेको सरकारले पनि अपेक्षित काम गर्न नसकेको भनेर निराशा पैदा हुन्छ । त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने कुरा गर्नुपर्छ ।’

सभापति देउवाले पनि मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएको उनले बताए ।

सांसद खतिवडाले सरकार सात बुँदे सहमतिअनुसार चल्नुपर्नेमा जोड दिँदै गल्ती भएका कुरा खुलेर राख्न सभापतिले पनि भनेको बताए ।