तनहुँ । नगरपालिका-३ देउरालीनगरस्थित ऋषिंग गाउँपालिका-२ काँहुशिवपुर घर भएका ३६ वर्षीय श्रीराम थापाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूको साथमा नगद २३ हजार ७ सय ३५ रुपैयाँ र ४ बुक ताससहित आइतबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।