काठमाडौँ। बागमती प्रदेश लोक सेवा आयोगले एक जना विद्यार्थीलाई कारवाही गरेको छ।
गत शनिबार (१२ गते) सञ्चालित परीक्षामा मोबाइलको प्रयोग गरी प्रश्न पत्रको फोटो खिचेको आरोपमा प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ५७ बमोजिम सरजीत तामाङको सबै परीक्षा रद्द गरिएको हो ।
आयोगले माघ १२ गते लिएको परीक्षामा प्रश्न पत्रको फोटो खिच्ने तथा अनियमित कार्य गरेको आयोगले जनाएको छ।
आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन शिक्षा अधिकृत सातौँ वा सो सरह, शिक्षा, शिक्षा प्रशासन सातौँ तहको लागि ०८१ माघ १२ गते परीक्षा सञ्चालन गरेको थियो।
