२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधेयकबारे छलफल होटेलमा राखिएकोप्रति माओवादीले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । संसदमा विचाराधीन विधेयकबारे होटेलमा छलफल राखिएकोप्रति प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

सभामुख देवराज घिमिरेसँगको भेटमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा विचाराधीन विधेयकबारे होटलमा छलफल राख्न नदिनेप्रति सजग हुन आवश्यक रहेको बताएका हुन् ।

‘सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु–कि समितिका बैठक आफ्नै कार्यकक्षमा गर्नुपर्छ । तर, बाहिर भइराछ’, पाण्डेले भनेका छन्, ‘भर्खरै पूर्वाधार समितिको बैठक बाहिर भयो । यो थाहा पाएपछि हामीले दलका माननीयलाई नजानुस् भन्यौं ।’

यही माघ १० गते पूर्वाधार समितिकै बैठकमा सांसदहरूले जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएको भन्दै आलोचना गरेका थिए ।

जलस्रोत विधेयक प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा दफावार छलफलमा छ । दफावार छलफलमा रहेको विधेयकबारे समितिले गत सोमबार बूढानीलकण्ठस्थित ‘होलिडे इन रिर्सोट’मा छलफल राखेको थियो ।

गत सोमबार बिहान साढे ८ बजेदेखि मंगलबार दिउँसो २ बजेसम्म चलेको उक्त छलफललाई लिएर बुधबार पूर्वाधार विकास समितिकै बैठकमा प्रश्न उठेको थियो ।

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले यो विषय उठाउँदै संसदमा विचाराधीन विधेयकबारे होटेलमा छलफल राख्न नहुने बताएका हुन् ।

पाण्डेले सभामुख घिमिरेलाई भनेका छन्, ‘यस्तो कसले रोक्नुपर्छ भन्दा सभापतिहरूले रोक्नुपर्छ । उनीहरूलाई जानकारी दिने काम सचिवालयका कर्मचारीले दिनुपर्छ । यसमा सदनको नेतृत्वको पनि निगरानी आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस