२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अल्लोको कपडाबाट आकर्षक सामग्री

अ+ अ-

ताप्लेजुङ । ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उनीहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन् ।

फुङ्लिङ नगरपालिका–१० कि दीपा लिम्बूले विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएका छन् । बिहान–बेलुका घरायसी काम सकेर दिउँसो उनी अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्न व्यस्त हुन्छिन् । त्यही गाउँका ६५ वर्षीया गंगामाया लिम्बू पनि अहिले अल्लोको कपडाबाट सामग्री उत्पादन गरेर आत्मनिर्भर बनेकी छन् । उनीसँगै रूपमती लिम्बू पनि तालिम लिएर अल्लो कपडा उत्पादनमा सक्रिय छिन् ।

फुरुम्बो गाउँका १६ महिलाले सामूहिक रूपमा अल्लोको सामग्री उत्पादन गर्दै आएका छन् । हिमाली संरक्षण मञ्च, रेड पाण्डा नेटवर्क, घरेलु तथा साना उद्योग र फुङ्लिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उनीहरूले उद्यमशीलताको यात्रा सुरु गरेका हुन् । गत वर्षदेखि सुरु भएको अभियानले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ । तालिमले महिलालाई उद्यम विकास, अल्लो संकलन, प्रशोधन र उत्पादनको सीप प्रदान गरेको छ । यसै तालिमपछि उनीहरूले कपडाबाट पोसाक, झोला, पर्स, रुमाललगायत सामग्री उत्पादन गर्न थालेका छन् ।

घरेलु तथा साना उद्योग महासंघका महिला उपाध्यक्ष विष्णु श्रेष्ठका अनुसार विद्यालयबाट पनि अल्लो सामग्रीको माग आएको छ । “महिलाहरूले उत्पादन गरेका सामानको गुणस्तर राम्रो भएकाले बजार विस्तार हुँदैछ”, श्रेष्ठले भने । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार यो अभियानमा रेड पाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले रु. २४ लाख लगानी गरेका छन् । फुङ्लिङ नगरपालिकाले रु. दुई लाख, वडा कार्यालयले रु. एक लाख ५० हजार र घरेलु तथा साना उद्योग कार्यालयले रु. दुई लाख सहयोग गरेका छन् ।

तालिम र सामूहिक उत्पादनका क्रममा महिलाले ‘फुरुम्बु अल्लो कपडा उद्योग’ दर्ता गरेका छन् । सामूहिक उद्यमका रूपमा सुरु गरिएको यस उद्योगले उत्पादन गरेको सामग्री बजारसम्म पुर्‍याउन स्थानीय सरकार र हिमाली संरक्षण मञ्चले सहजीकरण गरिरहेको छ । फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार नगरपालिकाले महिलाका उत्पादन विद्यालयमा आपूर्ति गर्ने योजना बनाएको छ । लिम्बूले भने, “स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु मात्र होइन, यसले जिल्लाको पहिचानलाई समेत उजागर गर्छ ।”

घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष श्रेष्ठका अनुसार महिलाले घरको चुलो चौकोमा सीमित नरही स्थानीय स्रोत र साधनको सदुपयोग गरेर राम्रो आम्दानी गर्न सक्छन् । श्रेष्ठले भने, “स्थानीय सरकारले उत्पादन प्रवर्द्धन गर्न सक्यो भने महिलालाई अझ प्रोत्साहन हुनेछ”, स्थानीय स्तरमै कच्चा पदार्थको प्रशोधन र उत्पादनले महिलालाई आत्मनिर्भर बनाएको छ । यसले ग्रामीण महिलाको जीवनस्तर उकास्नुका साथै समाजमा उनीहरूको स्थानसमेत बलियो बनाएको छ ।

फुरुम्बोका महिलाले सामूहिक प्रयासबाट स्थानीय स्तरमा स्वरोजगारको बलियो उदाहरण प्रस्तुत गरेका छन् । गाउँकै कच्चा पदार्थबाट उत्पादन गरिएका सामग्रीले बजार पाउँदै गर्दा उनीहरूमा आत्मविश्वास बढेको फुरुम्बो अल्लो प्रशोधन तथा कपडा उद्योगका अध्यक्ष चन्द्रकुमारी लिम्बूले बताए ।

अहिलेको उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजनाअन्तर्गत उत्पादित सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने योजना बनाइएको छ । उनले भने, “सहज पहुँच र सहजीकरण पाउने हो भने हाम्रो उत्पादनले ठूलो बजार पाउन सक्छ ।”

महिलाको सामूहिक प्रयासले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जनाका नयाँ सम्भावना उजागर गरेको छ । यसले महिला सशक्तीकरण र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस