१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले भने-संसदीय समितिमा विधेयकहरू होल्ड हुँदा सरकारलाई काम गर्न असहज भयो

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय समितिमा विधेयकहरू होल्ड हुँदा सरकारलाई काम गर्न असहजता भएको बताएका छन् । 

संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार बिहान मुख्य सचेतक बर्तौला प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । भेटमा संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा छलफल भएको बर्तौलाले जानकारी दिए ।

‘आम रूपमा सरकारको तर्फबाट प्रधानमन्त्रीज्यूको कुरा प्रष्ट छ-संसदीय समितिमा भएका विधेयकहरू लामो समय होल्ड हुँदा सरकारलाई काम गर्नका लागि असहजता भयो,’ ओलीको भनाइ उद्धृत बर्तौलाले भने ।

सरकारले संसदमा विधेयक पठाउँदा छिट्टै ऐनमा रूपान्तरित हुन्छ भन्ने मनसाय राख्ने गरेको तर व्यवहारमा त्यस्तो हुन नसकिरहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘संसदमा सरकारले पठाउने विधेयकहरू दुई चार महिनाभित्र पारित गरेर आइदियोस् भन्ने अपेक्षाले पठाइएको हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

सरकारको मनसाय समेत बुझेर विधेयकलाई संसदमा होल्ड हुन नदिने गरी भूमिका खेल्न पनि प्रधानमन्त्री ओलीको निर्देशन छ ।

‘विधेयकहरू संसदमा बर्सौँ होल्ड हुने कुरालाई तपाईँहरूले गम्भीरताका साथ ख्याल गर्नुपर्‍यो । कामका प्रकृतिलाई प्रभावकारी ढंगबाट बढी समय लिएर भूमिका खेल्नुपर्‍यो’ आफूहरूलाई प्रधानमन्त्रीले गरेको निर्देशन मुख्य सचेतक बर्तौलाले सुनाए ।

संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ । अब बस्ने अधिवेशन सौहार्द होस् भन्ने पनि प्रधानमन्त्री ओलीको चाहना छ ।

‘सरकारको चाहना बढी भन्दा बढी राष्ट्रिय इस्युहरू र जनसरोकारको विषयमा बहस पैरवी गर्ने थलोको रूपमा अगाडि बढिदियोस्,’ प्रधानमन्त्रीको चाहना मुख्य सचेतक बर्तौलाले सुनाए । संसद्लाई नीतिगत बहस गर्ने थलोको रूपमा विकास गरिनुपर्नेमा उनको जोड रहेको छ ।

‘आरोप-प्रत्यारोपको शृङ्खला धेरै बढ्यो । यो भन्दा पर गएर संसद नीति, विधि र कानुन बनाउने कुरामा ध्यान दिन सकियोस्,’ प्रधानमन्त्री ओलीको आग्रह छ ।

सरकारलाई खबरदारी नै गर्न नपाइने भन्ने नहुने तर, विरोधका लागि विरोध गर्ने प्रवृत्ति भने हुन नहुने प्रधानमन्त्री ओलीको सन्देश छ ।

‘सिर्जनात्मक विषयहरूमा सरकारलाई खबरदारी गर्ने कुरा हो भने हामी त्यसलाई एकनलेज गर्छौँ तर, एकदमै सुमधुर ढंगबाट हाउस अगाडि बढोस्’ प्रधानमन्त्रीको सन्देश सुनाउँदै बर्तौलाले भने, ‘सिंगो देशले हाउसलाई हेर्दा एउटा गर्वको काम भएको छ भन्ने महसुस होस् । त्यसपकृतिको काममा तपाइहरूको समन्वय, सहजीकरण होस् भन्ने नै उहाँ (प्रधानमन्त्री ओली)को हामीलाई निर्देशन छ ।’

प्रतिक्रिया दिनुहोस