१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कपको उपाधिका लागि एपिएफ र सुदूरपश्चिम भिड्दै

अ+ अ-

फनप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि भीडन्त आज हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा बिहान १० बजे हुने फाइनल खेलमा साविक विजेता एपिएफ र सुदूरपश्चिम प्रदेश भिड्ने छन् । शुक्रबार सम्पन्न सुपर फोरको खेलमा त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर एपिएफ फाइनलमा पुगेको हो । बागमती प्रदेशमाथि ३० रनको जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।

इन्दू बर्माको कप्तानीमा रहेको एपिएफ लिग चरण र सुपर फोरका सबै खेल जितेर अपराजित भएर फाइनलमा पुगेको हो । बिन्दु रावलको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणमा एपिएफसँगको एउटा मात्रै खेल हारेर समूह उपविजेताको रूपमा सुपर फोरमा पुगेको थियो ।

सुपर फोरमा आर्मीसँग पराजित भएको सुदूरपश्चिम बागमतीलाई हराएर नेट रनरेटका आधारमा फाइनलमा पुगेको हो । युवा टोली तथा  घरेलु मैदान र दर्शकको समर्थनमा सुदूरपश्चिम उपाधि रक्षा गर्ने दाउमा छ । 

यसअघिका सबै खेल जितेर बलियो देखिएको एपिएफ सहजै च्याम्पियन हुने लक्ष्यमा छ । माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । 

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको  हो । प्रतियोगिताको उपाधि जित्नेले रू पाँच लाख, दोस्रो हुनेले रू तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५र२५ हजार  पुरस्कार दिइनेछ ।

फाइनल समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस