काठमाडौँ । सरकारले सगरमाथा आरोहणमा विदेशीलगायतका आरोहीबाट संकलन गर्ने सलामी दस्तुरलाई ११ हजार अमेरिकी डलरबाट १५ हजार पुर्याएको छ ।
पर्यटन विभागका अनुसार हिमाल आरोहणसम्बन्धी दस्तुर हेरफेरलगायतका विषयमा संशोधन भएको पर्वतारोहण नियमावलीलाई मन्त्रिपरिषद्ले हालै पारित गरेर सगरमाथा आरोहणमा विभागले तोकेको ११ हजार सलामी दस्तुरलाई १५ हजार अमेरिकी डलर पुर्याइएको हो ।
नेपालले ८ हजार अग्ला ८ वटा हिमालसहित ४ सय ६१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ ।