२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

अ+ अ-

काठमाडौँ । दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

सुडानमा कार्यरत अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्नको लागि चण्डीप्रसाद गण (शान्ति सेना) ११ औँ डफ्फाका २१३ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१२ जना शान्ति सैनिकहरू सेनानी खिम बहादुर अधिकारीको नेतृत्वमा स्वदेश फिर्ता भएसँगै नयाँ टोली गएको हो । हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमान्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी कुल १७५४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

त्यस्तै, इराकमा तैनाथ नेपाली शान्ति सैनिकको टोलीलाई बदली गर्न प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी २१ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएसँगै नयाँ टोली गएको हो । हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस