काठमाडौँ । काठमाडौँको असन चोकमा ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको छ । बिहीबार दिउसो साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा एक घर रहेको गोदाममा आगलागी भएको हो ।
आगलागीको खबर आए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेको जिल्ला प्रहरी परिसरले बताएको छ ।
आगो नियन्त्रणमा आउने क्रममा रहेको प्रहरीको भनाई छ ।