२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर ढकालको दाबी : वीरेन्द्रनगरलाई समावेशी सहर बनाउँछौँ

अ+ अ-

काठमाडौँ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई समावेशी सहर बनाइने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले ‘सिटी फर वुमेन’को सहयोगमा सहरलाई महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना निर्माण गरी समावेशी सहर बनाइने वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालले बताइन् ।

बिहीबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर ढकालले सहरहरू सबैका लागि अवरोधमुक्त, अवसरयुक्त, हरित र विभेदरहित हुनुपर्ने बताइन् । त्यसका लागि वीरेन्द्रनगरले चौतर्फी सुधारका प्रयास थालेको उनको भनाइ छ । ‘हामीले अब बन्ने प्रत्येक भौतिक संरचनालाई सबैको पहुँचयुक्त बनाउने छौँ,’ मेयर ढकालले भनिन्, ‘हाम्रा खुल्ला र सार्वजनिक क्षेत्रहरूलाई महिला मैत्री बनाइरहेका छौँ ।’

मेयर ढकालले सहरहरू अवरोध र असमानताका केन्द्र बन्न नहुने बताइन् । ‘सहर अवसरका ढोका हुनुपर्छ । उमेर, जात, वर्ग, लिंग र शारीरिक अवस्थाको विविधता आत्मसात् गर्दै सबै अटाउने समावेशी बन्नु पर्छ’, उनले भनिन्, ‘त्यसका लागि हामी जग हाल्ने काम गरिरहेका छौँ । आवश्यक नीति निर्माण गर्नेदेखि त्यो सँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।’

वीरेन्द्रनगरले भौतिक पूर्वाधार विकास मात्र नभई मानव विकासलाई पनि उत्तिकै प्राथमिकता दिइएको ढकालले बताइन् । ‘हामीले निर्माण गर्ने पूर्वाधारहरूलाई महिला, अपाङ्गता भएका, बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि सहज पहुँच योग्य बनाएका छौँ,’ उनले भनिन् ।

महिला मैत्री सहर, नेपालमा समावेशीकरण र जलवायु उत्थानशील सहरीकरण परियोजनाले वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मेयर ढकालले नगरपालिकाले सार्वजनिक/सरकारी जमिनको खोजी कार्य थालेको बताइन् ।

सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्ष समेत रहेकी मेयर ढकालले वीरेन्द्रनगरको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने नीति लिएको बताइन् । वीरेन्द्रनगरको धेरै सार्वजनिक तथा सरकारी जग्गा हडपेर बनाइएका संरचनाहरू हटाएर अहिले ती क्षेत्रहरूमा खुल्ला पार्क निर्माण थालिएको उनको भनाइ छ । ती पार्कहहरु महिला, बालबालिका, अपांगता भएका र ज्येष्ठ नागरिकमैत्री रूपमा निर्माण गर्न थालिएको मेयर ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस