२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘क्यान इन्फोटेक २०२५’ नेपालगञ्जमा पनि हुने

अ+ अ-

काठमाडौँ । नेपालगञ्जमा माघ १० देखि २२ गतेसम्म आईएनजीस्क्रीन ५ औँ ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका नवीनतम विकासलाई प्रस्तुत गर्दै यो प्रदर्शनी नेपालगञ्ज उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सवको विशेष हिस्सा हुनेछ।

यस बृहत् प्रदर्शनीको मुख्य प्रायोजक आईएनजीस्क्रीन हो भने सह(प्रायोजक डिजिटल पालिका रहेको छ। प्लाटिनम स्पोन्सर हिकभिजन, गोल्ड स्पोन्सर डिजिटल कर्नर, र सिल्भर स्पोन्सर सेन्चुरी कम्प्युटर सप्लायर्स रहेका छन्। प्रदर्शनीका अन्य साझेदारहरूमा भायनेट कम्युनिकेसन, नेपालगञ्ज क्याम्पस, पावर म्याक्स इन्स्ट्रुमेन्ट इन्डस्ट्रिज, र खजुरा गाउँपालिका रहेका छन्।

यस वर्ष क्यान इन्फोटेकमा हाइड्रो पावरको ट्रान्समिसन लाइन तान्न प्रयोग गरिने हेवी ड्युटी म्याट्रिक्स ६०० ड्रोन, एआई प्रविधियुक्त स्मार्ट बोर्ड र सीसीटीभी क्यामरा, र डिजिटल प्रविधिबाट उद्घाटनजस्ता आकर्षणहरू समावेश गरिनेछन्। यसका साथै, एआई वेबिनार, साइबर सुरक्षा सहायता डेस्क, र छात्रवृत्तिका अवसरहरूको जानकारी जस्ता विशेष कार्यक्रमहरू पनि हुनेछन्।

प्रिन्टिङ पार्टनरमा ओम विज्ञापन, इभेन्ट म्यानेजमेन्ट पार्टनर लाइक माइन्ड्स इभेन्ट, इनोभेसन पार्टनर इनोभेसन र नवप्रवर्तन केन्द्र, तथा सोसल मिडिया पार्टनर नेपालगञ्ज ग्यालरी र यात्रा मिडिया रहेका छन्। प्रदर्शनीलाई सफल बनाउन खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नेपाल टेलिकम, नेपालगञ्ज उद्योग वाणिज्य महासंघ, लगायतका संस्थाहरूको सहकार्य रहनेछ।

३० वटा स्टल रहेको यो प्रदर्शनीमा १५ देखि २० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। क्यान महासंघ बाँकेको विश्वास छ कि क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रका व्यवसायहरूलाई बजार विस्तार, ग्राहक आवश्यकता पहिचान, र नवप्रवर्तनमा प्रेरित गर्ने सुनौलो अवसर प्रदान गर्नेछ।

सम्बन्धित समाचार : ‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढ्यो : महासचिव अधिकारी

प्रतिक्रिया दिनुहोस