१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआई प्रवर्द्धनमा ५०० अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पूर्वाधार प्रवर्द्धन गर्न ठूलो मात्रामा लगानी गर्ने घोषणा गरेका छन्।

बीबीसीका अनुसार ट्रम्पले एआई प्रवर्द्धन गर्न ५०० अर्ब डलरको लगानी गरिने बताएका छन् । यसबाट एक लाख नयाँ रोजगारी सिर्जना हुने उनको विश्वास छ।

ट्रम्पले सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत मासायोसी सन, ओपेनएआईका प्रमुख साम अल्टम्यान र ओर्‍याकलका अध्यक्ष ल्यारी एलिसनसँगै ह्वाइट हाउसमा स्टारगेट परियोजना उद्घाटन गरेका हुन् ।

ट्रम्पले यसका लागि पूर्वराष्ट्रपति जो बाइडेनले जारी गरेको एआईसम्बन्धी कार्यकारी आदेशलाई उल्ट्याई दिएका छन् ।

आगामी पाँच वर्षमा प्रविधि क्षेत्रका ठूला कम्पनीहरू ओर्‍याकल, ओपन एआई र सफ्ट बैंकले गर्नेछन्।

ट्रम्पले यसका लागि नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ स्थापना गर्ने पनि घोषणा गरेका छन्।

ओर्‍याकलका वरिष्ठ अधिकारी एलिसनले टेक्सासमा डेटा सेन्टर निर्माण गर्ने काम पहिले नै सुरु भइसकेको जानकारी दिएका छन्। हाल त्यहाँ १० वटा भवन निर्माणाधीन छन् र थप १० भवन पनि निर्माण गर्ने ओर्‍याकलको योजना रहेको छ ।

ओपन एआई कम्पनीका प्रमुख साम अल्टम्यानले यसलाई यो युगको सबैभन्दा महत्त्वपूर्ण परियोजनाको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस