अछाम । मंगलसेन नगरपालिका-५ मा अवस्थित षोड्सा माध्यामिक विद्यालयलाई तातो कम्बल वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत दृष्टिविहीन र टुहुरा परिवारका बिद्यार्थीहरुलाइ प्रयोजनका लागी स्कुल अफ डेमोक्रेसी अछामले तातो कम्बल र डस्ना वितरण गरेको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष पदमराज अधिकारीले बताए ।
विद्यालयमा अध्ययनरत र सोही विद्यालयको आवास गृहमा बस्दै आएका १५ जना टुहुरा र ५ जना दृष्टिविहीन बालबालिकालाई १० सेट कम्बल र १० सेट डस्ना वितरण गरिएको स्कुल अफ डेमोक्रेसीका सचिव बम बहादुर स्वारले जानकारी दिए ।
विद्यालयलाई कम्बल र डस्ना हस्तान्तरण गर्दै मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले जिल्लामा क्रियाशील अन्य परोपकारी संस्थाहरूले पनि यस्तै रचनात्मक कामहरू गर्नुपर्ने बताए ।
विद्यालयमा प्राप्त भएको सहयोगले असहाय बालबालिकाहरूको आवासका लागि धेरै राहत पुगेको विद्यालयका प्रधानाध्यापक वृकेश सिंह बोगटीले बताए । आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गर्दै विद्यालयको तर्फबाट सहयोगी निकायप्रति धन्यवाद व्यक्त गरे ।
उक्त संस्थाले केही दिन पहिले मात्रै जिल्ला अस्पताल अछाममा भर्ना भएका बिरामीहरूको प्रयोजनका लागि ४० सेट कम्बल वितरण गरेको थियो ।