२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रान्तिकारीको अध्यक्षमा छ जनाको उम्मेदवारी

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

अनलाइन प्रणालीबाट दर्ता भएको मनोनयनअनुसार अध्यक्षमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका हुन् । अखिल क्रान्तिकारीमा नेतृत्वको लागि पहिलो पटक मधेशी समुदायको उम्मेदवारी परेको हो ।

६ जना उम्मेदवारमा यादव पौडेल र बुढा ३१ वर्षका हुन् भने शर्मा र थापा ३० र राई २९ वर्षका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका ६ जना नै यसअघि उपमहासचिव थिए ।

अर्को कार्यकारी पद महासचिवमा १० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा पदमप्रसाद काफ्ले, प्रतीक कार्की, श्याम रोक्का, रोशन थापामगर, रोशन खड्का, गोविन्द बानिया, सञ्जीव फुयाँल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो छन् ।

हमाल एक्ली उम्मेदवार हुन् भने महतो मधेशी समुदायबाट उम्मेदवारी एक्ला उम्मेदवार हुन् । जसमा हमालमात्रै उपमहासचिव थिइन् भने काफ्ले, रोक्का, थापामगर, खड्का, बानिया, फुयाँल, महतो सचिव थिए भने बस्नेत र कार्की केन्द्रीय सदस्य थिए ।

क्रान्तिकारीमा मुख्य दाबेदार मानिएका ३ जनामध्ये यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनजिक मानिन्छन् । त्यस्तै पौडेल उपमहासचिव वर्षमान पुन तथा राई अर्का महासचिव जनार्दन शर्मा निकटका हुन् ।

यस्तै अर्को कार्यकारी पद कोषाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा पारूँ चौलागाईँ, शिव श्रेष्ठ, महेन्द्र चन्द, गगन भट्टराई र फूलमाया रानामगर रहेका छन् ।

९ पद रहेको उपमहासचिवमा ३० जनाको उम्मेदवारी परेको छ । जसमा मर्मजंग बम, सुशान्त ताम्राकार, नपेन्द्र थापा, विपिन पोखरेल, विवेककुमार शाह, ध्रुवबहादुर रावल, जटिल कार्की, रमेश बुढाथोकी, दियोजित ओली, रुकु बस्नेत, सन्दीप न्यौपाने, रविन खम्बू, नवीन शाही, उपेन्द्र जम्कट्टेल, विनायक तिमिल्सिना, प्रकाश अधिकारी, हिमाल महरा, रेशम अधिकारी, रामचन्द्र भट्ट, सुशान्त ताम्राकार, निरोज श्रेष्ठ, प्रेमराज उपाध्याय, विनोदबहादुर शाही, रंगमान मल्ल, निर्मला गौतम, विष्णु ढुंगेल, बेनुपराज खत्री, लालबहादुर साउद, गणेश ज्ञवाली र सम्राज राई छन् ।

प्रतिक्रिया दिनुहोस