काठमाडौँ । संघीय संसद्अन्तर्गतका चार समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक, पूर्वाधार विकास समितिको बैठक, सार्वजनिक लेखा समितिको बैठक र विधायन व्यवस्थापन समितिको बैठक आज बुधबार बस्न लागेको हो ।
बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । त्यसपछि बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।
सोही बैठक सकेपछि सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल गर्नेछ । अन्तमा विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।







