काठमाडौँ । त्रिवि शिक्षण अस्पतालको रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि छनोट समितिले आवेदन माग गरेको छ।
मंगलबार छनोट समितिले माघ १५ गतेसम्म आवेदन दिन भन्दै सार्वजनिक सूचना निकालेको हो। सूचना अनार इच्छुक उम्मेदवारले डिनको कार्यालयमा रहेको छनोट समितिको कार्यालयमा आवेदन पेस गर्नुपर्ने हुन्छ।
कार्यकारी निर्देशकका लागि आवेदन दिनेले विभिन्न कागजपत्रहरू पेस गर्न पनि समितिले भनेको छ।
हेर्नुहोस् सूचना
