काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित नौ जनालाई पक्राउ गरेको छ । उनीहरू कैलाली मोरङ, बाँके, र कञ्चनपुरबाट पक्राउ परेका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ भन्सार ब्यारेकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ उत्तरवेहडी बस्ने २४ वर्षीय अनिल लामा तामाङ र सोही उपमहानगरपालिका-१३ झलारी बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०२००३ प ६११५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-१२ जगेडाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ शिव नगर बस्ने २२ वर्षीया अस्मिता चौधरी र सोही उपमहानगरपालिका-९ बस्ने २२ वर्षीया रमिता चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
अर्को पनि कैलालीकै धनगढी उपमहानगरपालिका-३ राजपुरबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित डडेल्धुरा अमरगढी नगरपालिका-५ घर भएका २४ वर्षीय मीन बहादुर बिष्टलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका-१६ हुलासस्थित सडकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय १० मिलिग्राम सहित सुनसरी दुहवी नगरपालिका-४ पिपल चोक बस्ने २५ वर्षीय मोहित यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम, नियन्त्रित लागू औषध नाइट्राजेपाम ५ ट्याब्लेट र स्पास्पेन ४ ट्याब्लेट सहित खजुरा गाउँपालिका-४ बस्ने ३० वर्षीय इकरार सारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-४ स्थित बजारबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २८ वर्षीय सागर जोशी र सोही नगरपालिका-६ बस्ने २७ वर्षीय निरज बहादुर चन्द रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
हाल पक्राउ परेकाहरूलाई प्रहरीले कारवाही तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।