२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिआरसीमा पदाधिकारी कहिले सिफारिस हुन्छ ? भन्दै सरकारलाई प्रमुख प्रतिपक्षको प्रश्न

अ+ अ-

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले द्वन्द्वकालिन मुद्दाको निरूपण गर्न गठित आयोगमा पदाधिकारी कहिले सिफारिस हुन्छ भन्दै सरकारलाई प्रश्न गरेको छ ।

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको आइतबारको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो प्रश्न गरेका हुन् ।

उनले २ महिनाभित्र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्नका लागि सरकारले पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएकोमा तोकिएको समयसिमा सकिँदा पनि किन सिफारिस हुन नसकेको भन्दै प्रश्न गरेका हुन् ।

संविधानको धारा ५१ बमोजिम सरकारको वार्षिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै माओवादी सचेतक पाण्डेले भने, ‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा २ महिनाभित्र सिफारिस गर्ने सरकारले निर्णय गर्‍यो ? खै त निर्णय गरेको समय सीमा भित्र गरेको ? अहिले सरकार यसमा किन चुपचाप बसेको हो ? के हो यो ? जवाफ दिनुपर्छ कि पर्दैन रु कहिले सिफारिस हुन्छ ?

प्रमुख सचेतक पाण्डेले अध्यादेशबाट सरकार चलाएर विधिको शासन नहुने भन्दै प्रश्न गरे ।

उनले भने, ‘संविधानको धारा ५१ मा विधिको शासन उल्लेख छ । तर, विधिको शासनको पालना भएको खै ? विधिको शासन भनेको अध्यादेशबाट सरकार चलाउने हो र सीमित स्वार्थका लागि मात्रै राज्यले काम गर्ने कि नागरिकको हितमा काम गर्ने ?’

प्रतिक्रिया दिनुहोस