१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्साबाट १९५ किलो गाँजासहित एकजना पक्राउ

अ+ अ-

काठमाडौँ। पर्साको वीरगञ्ज महानगरपालिका-१९ बर्वाबाट एक सय ९५ किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले बा प्र ०३-००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा ‘अनलोड’ गरी परालको थुप्रोमा लुकाइछिपाइ भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका-४ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्डबहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारबाट चरेश जस्तो देखिने दुई किलो ९६ ग्रामको पदार्थसहित जाजरकोट जुनिजाँदे गाउँपालिका-५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, कैलालीको गोदावरी नगरपालिका-१ बाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्रामसहित बैतडी पाटन नगरपालिका-८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले शंका लागि निजको पसल खोजतलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-१ पार्क मोडबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक सय ९० मिलिग्रामसहित दुई जनालाई प्रहरीले गतराति पक्राउ गरेको छ ।

सोही ठाउँका २२ वर्षीय अभिषेक बसुवा र गौरीगंगा नगरपालिका-१ का २२ वर्षीय विष्णु गुरूङ पक्राउ परेका प्रहरीद्वारा प्रकाशित प्रहरी बुलेटिनमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस