१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’

अ+ अ-

दाङ । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको कला, संस्कृति र वेशभूषालाई व्यावसायिकी करण गर्न आवश्यक रहेको बताएका छन् । 

नेपाल मगर संघ घोराही नगरको आयोजनामा आजदेखि घोराही-१४ झिगौँरामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको उद्घाटन कार्यक्रममा उनले कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउँदै यसको संरक्षण र प्रवर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नगरप्रमुख चौधरीले मगर समुदायको आफ्नै मौलिक कला, संस्कृति, भाषा, रहनसहन भएकाले यसलाई संरक्षण र संवर्द्धन गर्दै व्यावसायिक भएर आयआर्जनको माध्यम बनाउन आग्रह गरे । मातृभाषामा पढाइ सञ्चालन गर्न मगर खाम भाषाको पाठ्यक्रम घोराही उपमहानगरमा तयार भइरहेको जनाउँदै उनले आगामी शैक्षिक सत्रदेखि उक्त मातृभाषामा पठनपाठन सुरु हुने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नै भाषामा अध्ययन गर्न बालबालिकालाई पनि सहज हुने धारणा राख्दै नगरप्रमुखले यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले कुसुण्डा भाषालाई पनि संरक्षण गर्दै यसको प्रवर्द्धन गर्दै जानुपर्नेमा जोड दिए ।

मगर समुदायले पहिलो पटक प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला सञ्चालन गरेको हुँदा यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख चौधरीले बताए । आफ्नो संस्कार, संस्कृति र भाषालाई जगेर्ना गर्दै विकास र समृद्धिसँग जोड्नतर्फ सबै एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ ।  

आजदेखि सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत वेशभूषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टक राखिएका छन् । 

कार्यक्रम उद्घाटन पूर्व मगर समुदायको मौलिक वेशभूषा, बाजागाजासहित शोभायात्रा निकालिएको थियो । मेलाले मगर समुदायको रीतिरिवाज, परम्परालाई जगेर्ना गर्न र यहाँको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास यहाँका मगर समुदायका अगुवाहरूले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस