२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी: ‘प्रचण्ड’

अ+ अ-

मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् ।

न्यू सृष्टि दैनिकको १४औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भौगोलिक विविधता, प्राकृतिक स्रोत र साधनले धनी मुलुकमै बस्न र यहीँ काम गर्न युवाहरूलाई आग्रह समेत गरे । उनले भने, “सञ्चारकर्मी र कलाकारले देशका विभिन्न जातजातिबीच राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने गरी काम गर्नुपर्छ ।”

उनले मुलुकमा सुशासन, विभेदको अन्त्य, न्याय र आर्थिक संकट अन्त्य गरी समृद्धि ल्याउन सबै राजनीतिक दलहरूको जिम्मेवार हुनुपर्नेमा समेत जोड दिए । 

अध्यक्ष दाहालले वर्तमान अवस्थामा  सामाजिक सञ्जालका कारण छापा सञ्चारमाध्यमका अगाडि ठूलो चुनौती रहेको समेत उल्लेख गर्दै  दैनिक पत्रिका निरन्तरता रूपमा प्रकाशन गरिरहेकामा न्यू सृष्टिका प्रधान सम्पादक शंकर खरेलको प्रशंसा गरे।विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चार गृहले विकास निर्माणका समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

अध्यक्ष दाहालले अभिनेता विजय बराल, अभिनेत्री नीता ढुंगाना, सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ, क्रिकेट खेलाडी ललित राजवंशी, ओलम्पिक विजेता पलिसा गोवर्द्धन, गायक एवं संगीतकार बाबुल गिरी, नेपाली प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्का, जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्र साहलगायतलाई पुरस्कृत एवं सम्मान गरे ।