Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी 


४ माघ २०८१, शुक्रबार


काठमाडौँ। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरू जीएमआर इनर्जी, एसजेभीएन र इरेडाले परियोजना निर्माणका लागि ऋण लगानी जुटाएका छन् ।

जीएमआरले यो आयोजना निर्माणको जिम्मा पाएको १७ वर्षपछि र लगानी बोर्डसँग परियोजना विकास सम्झौता (पीडीए) गरेको ११ वर्षपछि आयोजनाका लागि ऋण लगानी जुटाएको हो ।

यो आयोजना निर्माणको जिम्मा पाएको जीएमआर वित्तीय संकटमा परेपछि लगानी जुटाउने (फाइनान्सियल क्लोजर) को म्याद थप गर्दै आएको थियो । गत वर्ष सर्वोच्च अदालतले अब लगानी जुटाउने म्याद थप्न नमिल्ने फैसला गरेपछि भने कम्पनी दबाबमा परेको थियो ।

यसबीच जीएमआर एक्लैले परियोजना निर्माण गर्न नसक्ने भएपछि अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सरकारी कम्पनी एसजेभीएन लिमिटेड र भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी (इरेडा) लाई समेत साझेदारका रूपमा भित्र्याएको थियो ।

तर, यस विषयमा जीएमआरले यसअघि लगानी बोर्डलाई औपचारिक जानकारी गराएको थिएन ।

बुधबार लगानी व्यवस्थापन भएका सम्झौता पत्रसँगै कम्पनीले संयुक्त लगानीबारे पनि जानकारी गराएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले जानकारी दिए ।

९ सय मेगावाटको आयोजना यसअघि जीएमआरले एक्लै बनाउने जनाएको थियो । तर, लगानी जुटाउन नसकेपछि आफूले ३४ प्रतिशत सेयर राखेर एसजेभीएनलाई ३४ प्रतिशत र इरेडालाई ५ प्रतिशत सेयर दिएको छ ।

तीन कम्पनीको संयुक्त लगानीमा बन्ने परियोजनामा ऋण लगानी पनि इरेडाले नै गर्ने भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा नेपाली बैंकहरूले पनि सहवित्तीयकरणमा ४० अर्बभन्दा बढी लगानी गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस