काठमाडौँ । लोक सेवा आयोगले परराष्ट्र सेवाका तृतीय श्रेणी शाखा अधिकृत पदपूर्तिको लागि तोकिएका विज्ञापनहरू यथास्थितिमा राख्ने निर्णय गरेको छ।
लोक सेवा आयोगले मिति २०८१ साल मंसिर २६ गते परराष्ट्र सेवातर्फको बढुवा तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि सूचना प्रकाशित गरेको थियो। सो विज्ञापनलाई सर्वोच्च अदालतको रिट नम्बर ०८१–डब्लुओ–०७५२ मा पुष २२ गते अल्पकालीन अन्तरिम आदेश जारी गरिएको थियो।
सर्वोच्च अदालतको आदेशसँगै आयोगले परराष्ट्र सेवासम्बन्धी सूचनाहरूको कार्यान्वयन नगर्नु र नगराउनुका साथै यथास्थितिमा राख्न आदेश दिएको हो।
