काठमाडौं । अब साना कम्पनीहरूले पनि आइपिओ ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ कार्यविधि बनाएर साना तथा मझौला संगठीत संस्थाको धितोपत्र निष्कासन तथा कारोबार गर्न दिने भएको हो ।
साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ नियमावली जारी भएको छ ।
‘नेपाल सरकारबाट साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय भएको थियो । सोही निर्णय बमोजिम बोर्डबाट साना तथा मझौला संगठीत संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनेको हो । २०८१ साल माघ ३ गतेबाट लागू हुने गरी जारी गरिएको छ । साथै यस नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिंग लिमिटेडलाई समेत पत्राचार गरिएको छ’, बोर्डले निकालेको सूचनामा उल्लेख छ ।








