काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई छलफलका लागि बोलाएका छन्।
केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका काँग्रेसका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग आज बिहीबार बिहान देउवाले छलफल लागि बोलाएका हुन्
बैठक बिहान ८ बजे बस्नेछ भने छलफल काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुने जनाइएको छ। बैठकमा मन्त्रीहरूले गरेका कामको ब्रिफिङ लिने र प्रभावकारी काम गर्न निर्देशन हुने देउवाको सचिवालयले जनाएको छ ।