२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकरिझ्याइँको राजनीति गर्नेले चुनौती दिइरहेका छन् : डा. शेखर कोइराला

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले लोकरिझ्याइँको राजनीति गर्नेले चुनौती दिएको बताएका छन् ।

बेलायतको वेस्ट मिन्स्टरमा धारणा राख्ने क्रममा नेता कोइरालाले लोकरिझाईको राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद जस्ता कार्यले बहुलवाद र विकासलाई चुनौती दिइरहेको बताए ।

उनले भने,‘नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले यो तथ्यलाई सन् १९७० को दशकमै बुझेर सचेत गराउँदै भन्नुभएको थियो, ‘लोकतन्त्र बचाउनुपर्छ, यसलाई कुनै बहानामा कतै बुझाउन हुन्न ।’ उहाँका ती वाक्य आज अझ सान्दर्भिक भएका छन्।’

कोइरालाले नेपालमा लगानीका लागि बेलायतीका उद्यमीलाई आग्रह गरेका छन् । बेलायत भ्रमणमा रहेका नेता कोइरालाले जलविद्युत, पर्यटन, कृषि तथा वनजन्य क्षेत्रमा उद्यमको सम्भावनाका क्षेत्र रहेको बताए ।

इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त सम्भावना भएको क्षेत्र भएको उनले बताए । ‘नेपाल सरकारले वैदेशिक लगानी मैत्री वातावरण बनाएको छ ।

नेपालमा बेलायती लगानी राम्रो भए पनि अझ यसमा धेरै वृद्धि गर्न सकिन्छ,’ कोइरालाले भने,‘यस्तो अवस्थामा बेलायती प्रविधिको सहयोगमा हामीले विभिन्न क्षेत्रमा मिलेर काम गर्न सक्छौँ । तसर्थ म स्वच्छ ऊर्जा, पर्यटन, जलविद्युत, कृषि र प्रविधि लगायतका अन्य क्षेत्रमा नेपालमा लगानी गर्न यहाँका उद्यमीहरूमा आग्रह गर्न चाहन्छु ।’

दुई शताब्दीदेखि नेपाल बेलायतको सम्बन्ध रहेको उल्लेख गर्दै कोइरालाले दुईलाख भन्दा बढी गोर्खा सैनिकहरूले दुई विश्व युद्धमा बेलायतको तर्फबाट युद्ध लडेको स्मरण गरे । नेपालका विभिन्न शहरहरु र संयुक्त अधिराज्यका विभिन्न शहरहरुका बीचको भगिनी सम्बन्धले जनस्तरको मित्रता प्रगाढ बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस