Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भौतिक मन्त्री दाहालले भने-पर्यटन नेपालको समृद्धिको आधार


१ माघ २०८१, मंगलबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्रलाई नेपालको समृद्धिको आधारका रूपमा रहेको बताएका छन् ।

नेपाली बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेकाले विदेशी मुद्रा आर्जनमा पनि यो क्षेत्र उपयोगी रहेको उनको भनाइ छ ।

काठमाडौँ गोकर्णेश्वर नगरपालिकामा मंगलबार ‘११औँ तारेभीर महोत्सव’ उद्घाटनमा उनले ग्रामीण क्षेत्रमा रहेका पर्यटन गन्तव्यसम्म पूर्वाधार विस्तार गर्न समेत सरकार प्रतिबद्ध रहेको बताए ।

मौलिक पर्यटन गन्तव्यसम्म सडक एवं पूर्वाधार विकास र विस्तार गरी ग्रामीण अर्थतन्त्र बलियो बनाउन सकिने मन्त्री दाहालको भनाइ छ ।

‘यस्ता सम्भाव्य स्थानमा पूर्वाधार विस्तारको खाँचो छ,’ मन्त्री दाहालले भने, ‘सडक विस्तारले अत्यावश्यकीय सेवा उपयोगका लागि सहज हुनका लागि गाउँमै स्वरोजगारी सिर्जना, कृषि उपजको बजारीकरण एवं पर्यटकीय क्षेत्रको विकास पनि हुने भएकाले हामी यसलाई प्राथमिकतामा राख्छौँ ।’

त्यस क्रममा स्थानीयका तर्फबाट तारेभीर चक्रपथको डीपीआर समेत मन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो । उक्त चक्रपथ पूरा भए काठमाडौँभित्रको ग्रामीण क्षेत्रका रूपमा रहेका दर्जनौँ बस्तीको जनजीवन सहज हुनुका साथै आर्थिक गतिविधि समेत चलायमान हुने बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस